डिपबोरिङबाट पानी निस्कदा स्थानिय हर्सित

Posted on: 20 Dec, 2018

कमल घिमिरे।पौष५।पाँचथर,पाँचथरको सुख्खाग्रस्त क्षेत्र अन्तर्गत कुम्मायक गाउँपालीकामा डिपबोरिङ बाट पानी निकालेपछी त्यहाँका स्थानिय खुसी भएका छन । 

प्रदेश सरकारको १ करोडको लगानी र उपभोतmा मार्फत पाथीभरा डिपबोरिङ एण्ड कन्सट्रक्सन प्रा.ली.सुनसरीले चार दिन लगाएर पानी निकालेको हो । जमिनको सतह भन्दा करिब २ सय ४० मीटर गहिराइमा पुगेपछी पानी निकाल्न सफल भएको डिपबोरिङ सञ्चालक कृष्णप्रसाद दुलालले बताउनुभएको छ ।जमिनमुनीबाट निस्किएको पानी प्रती सेकेण्ड ५ लीटरका दरले निस्कन्छ । अबको केही दिन पछी मात्रै पानी पिउनको लागी योग्य हुने बताइएको छ । बाँकी रहेका स्थानमा पनी केही दिनमै पानी निकाल्ने काम हुने सञ्चालक दुलाल बताउँछन ।

लामो समय देखी यस क्षेत्रका बासिन्दाहरु पानीको समस्या झेल्दै आएका थिए । आकाशे पानी,खोलाबाट ट्रयाक्टर ले ल्याएको पानी तथा थोरै मात्रामा मुहानको पानीको भरमा रहदै स्थानिय पानीकै समस्याको कारण वर्षेनी धेरै संख्यामा बसाइ सरेर जानु पर्ने अवस्था थियो । अब यस्ता समस्याबाट मुतm हुने आसाका साथ स्थानियवासी हर्सित भएका छन । लामो समयदेखी खानेपानीको समस्याबाट कष्टकर जीवन बिताउँदै आएका कुम्मायकवासीलाइ केही राहात हुने भएको छ । डिपबोरिङबाट निकालिएको पानी स्थानियलाई कसरी वितरण गर्ने भन्ने विषयमा छलफल भइरहेको गाउँपालीकाले जनाएको छ । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!