बझाङमा गरीव, असाह्य वृद्धावृद्धाहरुका लागी वृद्धाश्रम निर्माण

Posted on: 20 Dec, 2018

टेकेन्द्र बोहरा | पुस ५, बझाङ | गरीव असाह वृद्धा वृद्धाहरुका लागी वृद्धा आश्रम निर्माण भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिकामा वडा ३ भिडमनीमा गरीव, असाह, वृद्धावृद्धाहरुका लागी वृद्धाश्रम निर्माणभएको हो ।


असहाय, गरिब, दलित, अपांग, जेष्ठ नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले वृद्धाश्रम निर्माण साईपाल जेष्ठ नागारीक समाजका अध्यक्ष लालबहादुर खड्काले बताए । 

खड्काक अनुसार काठमान्डौ र भारतको हरीद्धारमा गरिब, असहाय, दलित, अपांग र जेष्ठ नागरिकहरुको लागी आश्रम निर्माण  गरेको देखेपछी आफुले पनी बझाङ पहल चालेको बताए ।


साबिकको जिल्ला बिकास समितीमा आफु जिल्ला सभापती भएको वेला पाँच लाख र जयपृथ्वी नगरपालीकको १५ लाखको आर्थिक सहयोगमा अन्य स्थानियवासीहरुको सहयोमा २३ लाख ६७ हजारमा चार कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भएको अध्यक्ष खड्काले बताए ।

पैसा कमाउने उदेश्यले छोरा वैदेशिक रोजगारीमा गएपछि बुहारीले बृद्धबृद्धालाई हेला गर्ने परम्परा जिल्लामा कायमै रहेका कारण जेष्ठ नगरिकहरु थप पिडित बन्दै गएको अध्यक्ष खड्काले बताए।

सन्तान घरपरिबारमा भएपनि बिभिन्न कारणले बृद्धबृद्धालाई झै–झगडा गर्ने, कुटपिट गर्ने, बेबास्ता गर्ने परम्परा बढ्दै गएकोले यसलाई कम गर्न आफुले वृद्धा आश्रममा आएर बस्न सकिने बताए ।

खड्काका अनुसार अझै भवनको निर्माण कार्य बिजुली जडान पानी जोड्ने काम जारी रहेका कारण आर्थिक अभाव भएको हुदा यदी कसैले बृद्धा आश्रमलाई सहयोग गरे अगामी दिनमा जेष्ठ नागरिकका लागि थप योजनाहरु ल्याएर अगाडी बढ्ने बताए ।

अध्यक्ष खड्काले देश तथा बिदेसमा रहने सहयोगीदाताहरुका लागी बझाङ साईपाल जेष्ठ नागरीक समाज बझाङको कृषि बिकास बैङ्क लिमिटेड बझाङको खातानँ ०२००–०२२०९४ चल्ती हिसाव सहयोग गर्न अपिल गरेकका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!