बझाङमा गाउपालिकाको गाडी दुर्घटना, २ जना घाइते

Posted on: 20 Dec, 2018

कृष्ण बिष्ट । पुस ५, बैतडी । बझाङ् बित्थड चिर गाउपालिकाको गाडी आज दिउसो दुर्घटनामा परेको छ । बैतडी-बझाङ् जयपृथ्बी राजमार्गसडक खण्ड अन्तरगत पर्ने सिगास गाउपालिका वडा नं ९ स्थित आलुगैरमा दुर्घटना ग्रस्त भएको हो । 


दुर्घटनामा परी चालक र गाउपालिका एक कर्मचारी समान्य घाइते भएका छन । गाउपालिका अध्यक्ष पे्रम बोहराले दिएको जानकारी अनुसार हिउबाट चिप्लीएर दुर्घटना हुन पुगेको हो । प्रमुख प्रसासकीय अधिकृतलाई घनगडी पुर्याएर फर्कीने क्रममा बिहिबार दिउसो २ बजे आलुगैरमा दुर्घटनामा परेको गाउपालिका अध्यक्ष बोहराले बताउनुभयो । गडी सडकबाट बरीब ४० मिटर तल खसेको छ । गाउपालिकाले एक महिना पहिले मात्रै सो गाडी खरीद गरेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!