बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 21 Dec, 2018

पुस ६, वालेवा | बागलुङको वलेवामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश विकको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

बागलुङ बजारदेखि कुश्मीशेरा जाँदै गरेको ना७त ११०५ नंको ट्याक्टर बानपा १२ सरङ्गेमा दुर्घटना हुँदा चालक विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बलेवाका प्रमुख धनबहादुर थापाले बताउनुभयो । 

दुर्घनाको कारण भने खुलेको छैन । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले चालक विकलाई अचेत अवस्थामा उद्धार गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!