सामाखुसीबाट लागुऔषध खैरो हेरोइनसहित ३ जना पक्राउ

Posted on: 21 Dec, 2018

पुस ६, काठमाडौं | काठमाडौँ महानगरपालिका २६ सामाखुसीबाट लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउपर्नेमा कैलाली टीकापुर नगरपालिका–१ घर भएकी २१ वर्षीया वर्षा कुँवर, २२ वर्षीय भुवन कार्की र २४ वर्षीय अनिल जोशी रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीबार उक्त लागुऔषधसहित फेला पारेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!