भक्तपुरमा गुडिरहेको मिनि ट्रकबाट खसेर एकको मृत्यु

Posted on: 22 Dec, 2018

पुस ७, भक्तपुर | भक्तपुरमा गुडिरहेको मिनि ट्रकबाट खसेर शनिबार एक जनाको मृत्यु भएको छ | मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका वडा नं–९ नंखेलका गणेश ब्यान्जु रहेका छन् ।

अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा मिनि ट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्यान्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।  

प्रहरीले मिनि ट्रक नियन्त्रणमा लिएको तथा चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनिष खायमलीलाई पक्राऊ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!