कपुरकोट गाउँपालिकाका विद्यालयमा शोक मनाउदै विदा

Posted on: 23 Dec, 2018

पुष ८, सल्यान । सल्यान–तुलसीपुर सडक अन्तर्गत दाङको तुलसीपुर–३ राम्रीमा भएको बस दुर्घटना प्रति दुःख ब्यक्त गर्दै सल्यान कपुरकोट गाउँपालिकाका सम्पूर्ण विद्यालय आइतबार शोक मनाउदै बन्द भएका छन् ।

गाउँपालिकाभित्र रहेका २४ वटा सामुदायीक र ३ वटा संस्थागत गरि २७ विद्यालयमा दाङ घटनाप्रति दुःख व्यक्त गर्दै एक मिनेट मौनधारण र शोक सभा गरिएको शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले जानकारि दिएका छन् ।

गाउँ शिक्षा समितीको निर्णय अनुसार आइतबार शोक मनाउदै विद्यालय बन्द गरिएको उनले जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!