आफैंले बोकेको गोली पड्किएर आफैँलाई लागेपछि...

Posted on: 24 Dec, 2018

पुस ९, काठमाडौं | आफैंले बोकेको हतियार पड्किएर इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत प्रहरी जवान घाइते भएका छन् । 

सोमबार बिहान ९ बजे बा १ झ ६४५० नं को मोबाइल भ्यानमा गस्तीमा गएको बेला स्थानीय थापा चौकमा पुग्दा प्रहरी जवान सन्जिव खड्काले बोकेको थ्री नट थ्री  राईफल एक्कासी पड्कन गई घाइते भएका हुन् ।

उनको छातिको दाहिने भागमा गोली लागेको छ । खड्काको हाल बिराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!