मनास्लु क्षेत्रको जंगलमा भिषण आगलागी

Posted on: 24 Dec, 2018

पुस ९, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको जंगलमा आगलागी भएको छ । गाइडले खाएर फालेको चुरोटको ठुटोका कारण आगलागी भएको वडा अध्यक्ष वीरबहादुर लामाले बताए ।

सामागाउँबाट मनास्लु बेसक्याम्प जाने बाटोमा पर्ने उक्त क्षेत्रमा आइतबार रातिदेखि आगलागी भएको हो । आइतबार राति करिव एक बजे शुरु भएको आगजनी अझै नियन्त्रणमा आउन नसकेको उनले बताए ।

प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको लामाले जानकारी दिए । आगलागीका कारण वन्यजन्तुसँगै वहुमुल्य जडिवुटी समेत नष्ट भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागी थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!