दृष्टिविहिन भएकै कारण शिक्षक हुनबाट बन्चीत !

Posted on: 24 Dec, 2018

माधव बेल्वासे | पुष ९, कपिलवस्तु | अंग्रेजीवाट स्नाकोत्तर अध्यान गर्दै छन बव्वु भर । गत असोज २२ गते कपिलवस्तुको विजयनगर गाउँपालिकाद्धारा स्वेयमसेवक शिक्षक छनोट समितिले भरलाई शिक्षकको लागी नियुक्त गर्यो । वाड न ३ पथ्दरदेहियामा रहेको जनता आधारभुत विद्यालयमा भरलाई शिक्षा शाखाले शिक्षकको रुपमा सिफारीस गर्यो । पुष ७ गते भर विद्यालयमा गए । विद्यालयमा एकाएक विद्यालय व्यवस्थापन समितिले भरको पहिलो दिननै वैठक बसी भरलाई हाजीर नगराउने निर्णय गरेको छ ।


अपा¨ता भएककै कारण आफुमाथि विभेद गरेको भरले दुखेसो पोखे । विद्यालयमा पढाउन आएको पहिलो दिननै म माथि यस्तो दुब्यवहार गरियो, भरले भने म माथि यति अपमान होला भन्ने सचेको थिएन । भरले लामो समय सम्म अन्य निजि तथा सरकारी विद्यालयमा अध्यापन गराउदै आएका थिए । विद्यालय प्रशासनले हाजिर नगरे पनि आफुले विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको जनाए ।

 गाउँपालिकामा नै परिक्षा दिएर उर्तिण भएको व्यक्ति विद्यालय प्रशासनले हाजिरि नगराउनु आफैमा गलत भएको वुझाई रहेको छ । दृष्टिविहिन भएककै कारण विद्यालयले शिक्षकलाई हाजिर नगराएकोमा स्थानिय वुद्धिजिविहरुले पनि आलोचना गरेका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग्गन प्रसाद गुप्ताले दृष्टिविहिन व्यक्ति विद्यालयमा पढाउन नसक्ने भएकोले समितिले निर्णय गरेको जनाए । अध्यक्ष गुप्ताले भने “प्रअले वैठक बोलाउनु भयो सवै कार्यसमितिले हाजिरि नगराउने निर्णय गरेका छौ” । यता विजयनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुर्ण विकले विद्यालय समितिले यस्तो निर्णय गरेको भए शिक्षकलाई अन्य ठाउमा सरुवा गर्न सकिने वताए । शाखाले गरेको विभाजनका क्रममा सोहि विद्यालयमा शिक्षकलाई पठाएकोले शिक्षकलाई व्यवस्थापन गर्न सकिने जनाए ।

अंपागता पुनस्थापना समितिले शिक्षक भरलाई विद्यालयले गरेको व्याभारको निन्दा गरेको छ । अपा¨ता भएका व्यक्तिहरु अव यो देशमा वाच्न पाउने अधिकारनै नरहेको जस्तो गरेर विद्यालयले निर्णय गरेको भन्दै समितिका अध्यक्ष दिपक खड्काले सच्याउन  विद्यालय प्रशासनलाई आग्रह गरेका छन । विद्यालय पढदै उच्च शिक्षा सम्म ज्ञान हासिल गरेका व्यक्तिलाई अपांगता भएककै कारण अवशर नदिनु र प्रतिष्प्रधा गरेर आएको भएपनि विद्यालयलले हाजिरि नगरेर विद्यालयले विभेद गरेको जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!