रोल्पा प्रहरीद्वारा पाँच किलो चरेशसहित एक महिला पक्राउ

Posted on: 24 Dec, 2018

पुष ९, रोल्पा (रासस) | रोल्पा प्रहरीले पाँच किलो चरेश बरामद गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेश बरामद गरिएको हो । 

चरेशसँगै रोल्पा थबाङ गाउँपालिका– ५ उवाकी ५५ वर्षीया वरमाया पुनलाई प्रहरीले पक्राउ गरी नुसन्धान प्रक्रिया अगाडि बढाएको छ । 

रोल्पा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गराइएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताउनुभयो । प्रहरीले पटकपटक ठूलो परिमाणमा चरेश पक्राउ गर्दै आए पनि यसको ओसारपसारमा रोकथाम हुन सकेको छैन । चरेश ओसारपसारमा प्रायः अर्धवैशे महिला र बालबालिका प्रयोग गर्ने गरिएको पाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!