बाँकेमा बाक्लो हुस्सुसँगै शितलहर चल्यो, हवाई उडान अवरुद्ध

Posted on: 25 Dec, 2018

पुस १०, राँझा | बाँकेमा आजदेखि जाडो बढेको छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ । 

दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ । हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ । 

उडान अवरुद्ध 

बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण यहाँबाट बिहानीपख हुने हवाई उडान अवरुद्ध भएको छ । हवाइजहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुन नसकेको हो । बाँकेमा आज बिहान ४०० मिटरमात्र भिजिविलिटी रहेको चौरसियाले बताउनुभयो । नेपालगञ्ज विमानस्थलका सुरक्षा इञ्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहान काठमाडाँैका लागि उडान हुन नसकेको जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!