मुगुमा माछापुच्छ्रे बैकको सेवा झन्झटिलो

Posted on: 25 Dec, 2018

नन्द बहादुर रोकाया । पुस १०, मुगु । मुगुको पश्चिम खत्याड गाउँपालिकामा स्थापना गएिको माछापुच्छ्रे बैंकको शाखाबाट प्रवाह हुने सेवा सुस्त हुँदा सेवाग्राही मर्कामा परेका छन । 

गाउँपालिकाले सो बैकको शाखा स्थापना गरे पनि बैकको सेवा निकै झन्झटिलो भएको सेवाग्राहीले जनाएका छन । नयाँ बैक खाता खोल्न पुगेका सेवाग्राहीले चेक बुक एक हप्ता पछि मात्र पाउने गरेका छन । कुनै पनि उपभोक्ता समिति, समुहले संयुक्त बैक खाता खोल्नु परेमा चेकमा दस्तखत गर्ने सबैको अनिवार्य एकल खाता खोल्नु पर्ने , उपभोक्ता समितिको बैक खाता खोल्न गएिको निर्णयको प्रतिलिपी गाउँपालिकाले प्रमाणित गरि पठाए पनि सेवाग्राहीले अझै सास्ती व्यहोर्नु परिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिचन्द्र कार्कीले बताए । 

बैकले राजश्व जम्मा नगर्ने भएकाले गाउँपालिकामा संकलन हुने राजश्व करकटिट बाट आउने कम जम्मा गर्न सदमुकाम स्थित बाणिज्य बैकमा धाउनु पर्ने बाध्यता रहेको कार्कीको भनाई छ ।बैकले आफना ग्राहक बढाउन सेवा ग्राहीलाई दुख दिने काम गरिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख पञ्चलाल कार्कीले बताए । बैकले कुनै निजी फर्म वा कम्पनिको खाता खोल्नु पेरेमा निजी फर्म तथा कम्पनिका सञ्चालकले अनिवार्य व्यक्तिगत खाता खोल्नु पर्ने बाध्यता बैकले सिर्जना गरेका  उनको भनाई छ । थ्रि जि  र भिस्याट प्रविधीको ईन्टनेट सेवा सुस्त रहेको सौर्य उर्जाबाट सेवा प्रवाह गर्नु पर्ने भएकाले बैकको सेवा केही ढिलो हुने गरेको बैकका शाखा प्रमुख नविन चन्दले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!