नवलपरासी र काठमाडौँमा सवारी दुर्घटना: २ जनाको मृत्यु

Posted on: 25 Dec, 2018

पुष १०, काठमाडौं | काठमाडौं र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । 

काठमाडौं महानगरपालिका-७ गौरीघाट खरिबोट स्थित सडकमा बा.८५ प ३६३४ नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भीर घाइते भएका चालक काठमाडौं फुटुङ बस्ने २८ वर्षीय सुरेश रामपालको दिर्घायु अस्पताल मित्रपार्कमा उपचारको क्रममा मृत्यु भएको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका-१२  स्थित सडकमा लु.१ ख ८६७७ नम्बरको बसले ना.५६ प ६५७३ नम्बरको स्कुटरलाई सोमबार बेलुका ठक्कर दिदाँ स्कुटर चालक सोही ठाउँ बस्ने ४५ वर्षीया कमला भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!