दुर्घटनामा एक जनाको मृत्यु

Posted on: 26 Dec, 2018

पुष ११, इनरुवा (रासस) | सुनसरी सदरमुकाम इनरुवामा आज मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ७८१६ नंको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को१२प ९५०८ नंको मोटरसाइकल इनरुवा नगरपालिका– ३ पिपल चोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीयवासी सञ्जय पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । 

गम्भीर घाइते पण्डितलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लैजाने क्रममआ बाटोमै मृत्यु भएको हो । ट्रयाक्टर चालक इनरुवा– ३ का डुमरलाल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!