मालारानी गाउँपालिकाका वडा अध्यक्ष १० दिनदेखि वेपत्ता

Posted on: 26 Dec, 2018

पुस ११ अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वाड नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद भुसाल विनोद १० दिनदेखि सम्पर्कबिहीन भएका छन्।

पुस २ गते मालारानी २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाइकल मर्मत गर्ने भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कबिहीन भएका हुन्।

गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन सकेको छैन। खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!