निर्मलाको हत्या गरेको स्वीकारका प्रदिप रावल थुनामुक्त भए

Posted on: 26 Dec, 2018

पुस ११, काठमाडौं । निर्मला हत्या प्रकरणमा शंकास्पद मानिएका प्रदीप रावल थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछी रावल थुनामुक्त भएका हुन् ।

प्रहरीमाथि अभद्र व्यवहार गरेको अरोपमा उनीमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मुद्दा चलाएको थियो । अभद्र व्यवहारका विषयमा अनुसन्धान गर्न उनीमाथि म्याद थप गरिएको भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीमाथि निर्मला हत्या प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।

उनीमाथि प्रहरीले ४ पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । उनलाई पक्राउ गरेपछि पहिलो पटक ७ दिन, त्यसपछि ३ पटक ५ दिन म्याद थप भएको थियो ।

यो पनि, निर्मलाको ‘स्वाब’ ले उब्जाएको प्रश्नः ‘डीएनए रिभ्यु’ गर्ने कि स्वेच्छिक आह्वान ?

उनले बयानमा निर्मलाको हत्यामा संलग्न भएको स्वीकारेको प्रहरीले दाबी गरेको थियो । रावलले साबिती बयान दिएको खबर पाएलगत्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयम् पनि राति नै उनको बयान लिन सीआईबी पुगेका थिए ।

यसअघि रावलको बयानका आधारमा नियन्त्रणमा लिइएको भनिएको अर्का युवा विशाल चौधरी पनि छुटिसकेका छन् । उनले प्रहरीले धम्की दिएर आरोप स्वीकार्न लगाएको दाबी गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!