सप्तरीमा ७ वर्षीय बालिका बलात्कृत

Posted on: 26 Dec, 2018

पुस ११, सप्तरी । सप्तरीमा सात बर्षकी बालिका बलात्कृत भएकी छन् | बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका १ जण्डौल बस्ने २० बर्षीय सुन्दरकुमार सदा रहेका छन् । सदाले घरमा कोही नभएको बेलामा बालिकालाई ललाई फकाई खेतमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

उनलाई इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पीडित बालिकाको संवेदनशील अङ्गबाट अत्यधिक रक्तश्राव भइरहेको छ । उनको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!