दाङमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

Posted on: 26 Dec, 2018

पुस ११, दाङ | सवारी दुर्घटना मानवीय कमजोरीले हुने गरेको भन्दै प्रदेश नम्बर ५ को प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकलाई निःशुल्क स्वास्थ्य जाँच शिविर शुरु गरेको छ । 

लमही राजमार्गमा लामो तथा छोटो दूरीका सवारी चालकलाई बाटोमा नै निःशुल्क स्वास्थ्य परीक्षण गरिएको प्रदेश नम्बर ५ का प्रहरी प्रवक्ता पुष्पराज मल्लले जानकारी दिनुभयो । सो शिवरमा १३५ चालकको स्वास्थ्य परीक्षण (रक्तचाप र आँखा) गरिएको थियो । लमही नगरपालिका, नेपाल नेत्रज्योति सङ्घ लमही आँखा अस्पताल र लमही अस्पतालको सहयोगमा सो शिविर सञ्चालन गरिएको थियो । त्यस्तो शिविर प्रदेशका अन्य स्थानमा पनि सञ्चालन गरिने प्रवक्ता मल्लले जानकारी दिनुभयो । 

गत शुक्रबार तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी विद्यार्थी, शिक्षक, बस चालक र सहचालक गरी २३ को ज्यान जानुका साथै १४ घाइते भएका थिए । घाइतेमध्ये सात जना उपचारपछि फर्किसकेका छन् । त्यसैगरी गत मङ्सिर मसान्तका दिन चितवनबाट दुलही लिएर बाँकेको राप्ती सोनारी गाउँपालिकातर्फ आउँदै गरेको जन्तीको गाडी दुर्घटना हुँदा दुलाहाका बुबा आमासहित छ जनाको लमही नगरपालिका–९ रिहारमा मृत्यु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!