इन्डोनेसियामा सुनामी, नेपालले दियो बधाई !

Posted on: 26 Dec, 2018

पुस ११, काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्रुटि गर्दै समवेदनाको साटो बधाईको सन्देश दिएको छ । 

परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा सो त्रुटी भएको हो । 


इन्डोनेसियामा शनिबार ज्वालामुखी विस्फोट भएपछि सुनामी आउँदा हालसम्म चार सय भन्दा बढीको मृत्यु भइसकेको छ । 

दोस्रो हरफमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ । 

यसैबीच परराष्ट्र मन्त्रालयले असावधानीवश गल्ती भएको स्वीकर गर्दै विज्ञप्तिलाई सच्चाएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!