सप्तरीमा जेसिबीको ठक्करबाट एकको मृत्यु

Posted on: 26 Dec, 2018

पुस ११, राजविराज | सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–२ मा जेसिवीको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ । 

नम्बर नखुलेको जेसिबीको ठक्करबाट गम्भीर घाइते भएका सोही गाउँपालिका–२ बस्ने ४५ वर्षीय नारायण खङको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले बताउनुभयो । नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो । फरार जेसिबी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!