बसको ठक्करबाट बालकको मृत्यु

Posted on: 26 Dec, 2018

पुस ११, रत्ननगर | भरतपुर महानगरपालिका–५, रामबाघस्थित जागृति टोलमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

आज फ्युचर मन्टेश्वरी स्कुलको ना१क ६३४३ नंको बसबाट झार्ने क्रममा ठक्कर दिँदा सोही विद्यालयमा अध्ययन गर्ने धादिङ घर भई मामा घर बस्दै आएका चार वर्षीय अनम अर्यालको मृत्यु भएको हो । ठक्कर दिएपछि गम्भीर घाइते भएका अर्यालको भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने बसका चालक, सहचालक अहिले जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशील सिंह राठौरले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!