बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते

Posted on: 26 Dec, 2018

पुस ११, बैतडी । बैतडीको तल्लो स्वराडमा चितुवाको आक्रमणबाट बुधबार एक महिला घाइते भएकी छन् । घाइते हुनेमा शिवनाथ गाउँपालिका ६ ओखेडानीकी ४८ वर्षीया हिउकला धनाडी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख ग्रिन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो ।

बुधबार दिउँसो ओल्या ओखेडानीमा बनको आखेडानी खोलामा घाँसदाउरा काट्न गएका बेला धनाडीलाई चितुवाले आक्रमण गरेको हो । घाइते धनाडीको मुखमा, दाँया–बाँया कुममा घाउ रहेको र धनाडीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!