झापामा विद्युत् चुहिएर दुई घरमा आगलागी

Posted on: 27 Dec, 2018

पुस १२, दमक | विद्युत् चुहिएर गए राति झापा दमक नगरपालिका–३ का दुई घरमा आगलागी हुँदा करीब रु १० लाख बराबरको सामान क्षति भएको छ । 

स्थानीय विष्णु चिमरियाको घर गोठ र सँगै जोडिएका छिमेकी श्रीप्रसाद भण्डारीको भान्साघर र गोठमा गए राति ७ बजेतिर आगलागी भएर अन्नपात, धानको कुन्यु जल्दा करीब रु १० लाख बराबरको सामान क्षति भएको प्रहरीको प्रारिम्भक अनुमान छ । 

आगलागीबाट घरभित्र रहेका दुई परिवारको १०० मुरी मकै, १२० मन धान र दुई परालको माचसमेत नष्ट हुनाका साथै गोडमा रहेका पाँच बाख्रासमेत जलेर मरेको अस्थायी प्रहरी बाघखोर पोष्टले जानकारी जनाएको छ । 

घरबाट पम्पसेटमा जडान गरेको बिजुलीको तारमा अचानक आगो लागेपछि नजिकै रहेको परालको माचमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!