३ सय वटा विद्युतीय बस किन्ने सरकारको निर्णय

Posted on: 27 Dec, 2018

पुस १२, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको हो।


काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलको भनाइ छ । त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको उनले जानकारी दिए ।

हालैमात्र एशियाली विकास बैंक (एडीबी) को सहयोगमा काठमाडौंमा दुईवटा विद्युतीय बस ल्याइएको थियो । तर चार्जिङ स्टेशनको अभावमा ती बसहरु ग्यारेजमा थन्किएका छन् । लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका ती बस काठमाडौंमा साझा यातायातले सञ्चालन गरेको थियो । जसकाे सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले चढेर गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!