राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी समयथान मावीलाई

Posted on: 27 Dec, 2018

माधव बेल्वासे । पुष १२, कपिलवस्तु । शिवराज नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी समयथान मावीले पाएको छ । नगर भित्र सम्पूर्ण विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा ६४ अकं प्राप्त गर्दै उपाधी जितेको हो । शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी थारुले समयथान माविका प्रअ गिरिप्रसाद गैरेलाई सोहि शिल्ड प्रदान गर्नुभयो । पौष ९ गते बाट सुरु भएको प्रतियोगिताको विहिवार भव्य कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।शिवराज नगरपालिकाको शानको रुपमा हेरिएको प्रतियोगीमा नेपाल आर्दश मावि शिवपुर ५७ अंक सहित दोस्रो,प्रकाश मावि सुन्दरडाडा ४९ अंक सहित तेस्रो र राष्ट्रिय मावि चन्द्रौटा ४२ अंक सहित सान्तवन भएको छ ।


राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई व्यवहारिक बनाउन केन्द्रको कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रतियोगिता आयोजना गरेको होे । खेलकुद प्रतियोगिताले विद्यालय विद्यालय विच प्रतिस्पर्धात्मक भावना संगै एकताको भाव पनि जगाउने शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताउनु भयो । खेलकुदले विद्यार्थीको पढाई र विद्यालय प्रतिको आर्कषण पनि बढ्ने जनाउनु भयो । समापन कार्यक्रममा शिवराज नगरपालिकाका कार्यपालिका सदस्य चन्द्र वहादुर गहतराजले  शिवराज नगरपालिकाले खेलकुदलाई प्राथमिकता साथ कार्यक्रमहरु आयोजना गरेको वताउनुभयो । खेलले राज्यको नाम उच्च स्थानमा पुर्याउने भएकोले प्रदेश तथा केन्द्र सरकारले पनि खेललाई ध्यान दिनुपर्ने जनाउनुभयो ।

प्रतियोगितामा प्रा वी तर्फ  १०० मिटर दौड,कुर्सी दौड,चम्चा दौड, भित्र वाहिर,तातो आलु, घैटा फोड,चित्रकला पेन्टीङ खेल भएको छ  निमावि तर्फ १०० मिटर दौड,२०० मिटर दौड,४०० मिटर रिले दौड,लङजम्प र मावि  तर्फ १०० मिटर दौड,२०० मिटर दौड,४०० मिटर रिले दौड,लङजम्प,भलीबल र सटफुट गरि १७  वटा खेलमा नगर भित्र रहेका विद्यालयहरु विच प्रतिष्प्रधा भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!