लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा निधन

Posted on: 28 Dec, 2018

पुस १३, काठमाडौं । लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा उनको निधन भएको हो ।


भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ थिए । पछिल्लो समय निमोनिया भएपछि उपचार चलिरहेको थियो तर, शुक्रबार दिउँसो उनको निधन भएको भतिजा नवराज लामिछानेले जानकारी दिए ।

लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीत चर्चित छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!