चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु

Posted on: 28 Dec, 2018

पुस १३, रत्ननगर | पूर्व–पश्चिम राजमार्गस्थित टाँडीको निपनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

बा ६१ प ९२१ नं को स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको ना २ ख २१६६ नं को ट्रकले ठक्कर दिँदा बागलुङ घर भई भरतपुर ९, मा डेरा गरी बस्ने वर्ष २४ का प्रवीण पौडेलको मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका पौडेलको दिउँसो १ बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । पौडेलले एपी वान टेलिभिजनका क्यामरा पर्सन रुपमा काम गर्दै आएका थिए । 

उहाँको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!