माघे सक्रान्तीमा सार्वजनिक विदाको माग गर्दै स्मरण पत्र

Posted on: 28 Dec, 2018

कमला राना मगर | पुस १३, नवलपुर | मगर समुदायको मौलिक सास्कृतिक पर्व माघे सक्रान्तीमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा स्मरण पत्र बुझाइएको छ ।  नेपाल मगर संघ जिल्ला समन्वय समीति नवलपुरले आज जिल्ला प्रशासन कर्यालय प्रमुख दिपक राज नेपाल समक्ष स्मरण पत्र बुझाइएको हो ।


आदीवासी जनजातिमा जनसाख्यीक हिसावले सबैभन्दा ठुलो मगर समुदायले प्राचिन काल देखी मनाउदै आएको पर्व माघेसका्रन्तीको अवसरमा एक दिन दिने सार्वजनिक विदालाइ सरकारले कटौति गर्ने निर्णय गरेको स्मरण  पत्रमा उल्लेख गरीएको छ ।

सरकारको यस निर्णयले मगर समुदायको सास्कृतिकमा अतिक्रमण तथा हस्तक्षेत्रप गरी अपमान गरेको स्मरण पत्रमा जनाइएको छ ।

नेपाल मगर संघ जिल्ला समन्वय समीति नवलपुरका अध्यक्ष इन्द्र फाल मगरद्धारा हस्ताक्षरित स्मरण  पत्रमा सरकारले एकलौटी ढंगले विभिन्न सर्घष वलिदान र आन्दोलनको जगलाइ टेकेर दिइएको एक दिनको सार्वजनिक विदा कटौती गर्ने निर्णय प्रति नेपाल मगरसंघले घोर भत्र्सना गर्ने उल्लेख गरीएको छ ।

साथै बहुलतालाइ आत्मसात गरेको नेपालको सविधान विरोधी नेपाल सरकारको यस पश्चगामी निर्णय फिर्ता लिइ नेपालको विविधताको सम्मान गर्न समेत स्मरण  पत्र मार्फन अनुरोध गरीएको छ ।

यसैगरी मगर समुदायको यस मागलाइ सम्बोधन नगरीएमा नेपाल मगर संघ लगाएत आदीवासी जनजाति संघसस्थाहरु सास्कृतिक समानता तथा न्यायका लागी आन्दोलनमा जानुको विकल्प नरहने समेत स्मरणपत्र मार्फत चेतावनि दिइएको छ ।

स्मरण पत्र बुझ्नुहुदै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मागलाइ सम्बोधन गर्नको लागी स्मरण पत्रलाइ आफुमार्फत छिटो भन्दा छिटो प्रधान मन्त्री तथा गृहमन्त्री समक्ष पुर्याउने प्रतिवद्धता जनाउनुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!