मेलौलीका ९९ बिदुरले भत्ता पाउने

Posted on: 29 Dec, 2018

कृष्ण बिष्ट । पुस १४, बैतडी । मेलौली नगरपालिकाका ९९ जाना बिदुरले मासिक रुपमा भत्ता प्राप्त गर्ने भएकाछन । नगरपालिकाले बिदुरहरुलाई प्रती महिना मासिक एक हजार भत्ता प्राप्त गर्ने भएका हुन । 

गत असारमा बिदुरहरुलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाले तथ्याङ्क संकलनको काम सम्पन्न गरेको र ९९ जाना बिदुरहरुलाई भत्ता प्रदान गरीने नगरपालिकाले जनाएको छ । 

बिधुवा भत्ता मात्रै दिने गरेको सरकारको निर्णयले दिुरहरुलाई उपेक्षा गरेके भन्दै बिदुरहरुलाइ मासिक भत्ता दिने निर्ण गरेको उपप्रमुख राधा ओझाले जानकारी दिनुभयो । “बिधुवा जस्तै बिदुर पनि एक्ला हुन, त्यसैले उनिहरुलाई पनि केहि उपचार खर्च त होला भनेर मासिक भत्ता दिने निर्णय गरेको हो” । उनले भनिन । 

विदुरहरुको तथ्याङ्क संकलनको जिम्मा वडाहरुलाई दिएको प्रत्येक वडाहरुले तथ्याङंक नगारपालिकामा बुझाइ सकेको नगरपालिकाका सुचना अधिकारी चन्द्र प्रकाश भट्टले  जानकारि दिनुभयो ।

वडा नं १ बाट १५  जना विदुर, वडा नं २ मा  १३, वडा नं  ३ मा १५, वडा नं ४ मा  ८, वडा नं ५ मा १९ जाना विदुर, त्यस्तै  वडा नं ६ मा ५, वडा नं ७ मा १३, वडा नं ८ मा ७, वडा नं ९मा ५ जना  गरी जम्मा ९९ सय   जना विदुरहरु रहेको उहाले बताउनुभयो । गत भदौमानै तथयाङ् संकलन गरीसक्नु पर्ने भएपनि वडाकार्यालयमा कर्मचारी नहुदा तथ्याकं संकलनमा केहि ढिलाइ भएको उहाले बताउनुभयो । मेलौली नगरपालिकाले गत असारमा ६० वर्ष माथीका विदुरहरुलाई मासिक भत्ता दिने निर्णय गरेको थियो । सम्भवत बिदुरलाई भत्ता दिने देश भरिमै पहिलो मेलौली  नगरपालिका पहिलो हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!