भोजपुरमा यात्रुवाहक बस दुर्घटना, एकको मृत्यु, ८ को अवस्था गम्भीर

Posted on: 29 Dec, 2018

पुस १४, भोजपुर | भोजपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन् |भोजपुर बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस सदरमुकाम नजिकैको देउरालीमा ब्रेक फेल भई दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । बसमा सवार यात्रुमध्ये चालकसहित आठजना गम्भीर घाइते भएका छन् । 

भोजपुर सदरमुकामबाट धरानको लागि बिहान ११ बजेको छुटको बस ब्रेक फेल भई पल्टिँदा बसले किचेर अरुण गाउँपालिका–३, प्याउलीकी ४९ वर्षीया हेमकुमारी कार्कीको घटनास्थलमै ज्यान गएको थियो ।


१६ जना यात्रु बोकेको सुम्निमा पारुहाङ यातायातको यात्रुबस दुर्घटनामा पर्दा रामप्रसाद राई गाउँपालिका–८, बासीखोराका किशोर राई, अरुण गाउँपालिका–३, प्याउलीकी दिलमाया कार्की, प्याउलीकै विष्णुमाया कार्की, भोजपुर नगरपालिका–१०, भैँसीपंखाकी सिताकुमारी राई, भोजपुर सदरमुकामकी गोमा तामाङ, महालक्ष्मी नगरपालिका–४, धनकुटाका पुष्पबहादुर पौडेल, लिकुवापोखरी संखुवासभाका भुवनसिं तामाङ र विराटनगर घर भएका बस चालक आशाराम सरदार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घाइते सबैको जिल्ला अस्पताल भोजपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!