निर्मलाको लागि न्याय माग्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

Posted on: 29 Dec, 2018

पुस १४, कञ्चनपुर | निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरिएको छ ।


विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ ब्यानरमा शनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रर्दशन गरिएको हो ।  ‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारासहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी प्रशासनसहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरे ।

उनीहरुले आपराधीक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिन दिन पनि माग गरे । पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दे काठमाडौंलगायत देशभर दिनहुँ प्रर्दशन भइरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!