नेकपा र कांग्रेस मिल्दा पनि स्वतन्त्र उम्मेदवारनै विजयी

Posted on: 30 Dec, 2018

पुस १५, बुटवल । देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, बुटवलको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार गुमानसिंह कुँवर विजयी भएका छन् । उनि सत्तारुढ दल नेकपाबाट निष्कासन भएका व्यक्ति हुन् । 

नेकपाको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गुमानसिंह कुँवरले कुल खसेको १८ सय ५० मतमा ९९७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी मोतीलाल ढकालले ८ सय २६ मत प्राप्त गरे । ढकाल नेकपासहित प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायतका दलहरुले साझा उम्मेदवारका रुपमा निर्वाचनमा होमिएका थिए । तर, सबै दल एकतर्फ हुँदा पनि स्वतन्त्र उम्मेदवार गुमानसिंह कुँवरले नै चुनावमा बाजी मारे ।

निर्वाचनमा हारेका ढकाल पूर्वमाओवादी नेता हुन् । संस्थाको अन्य पदमा भने राजनैतिक सहमतिका आधारमा भागबण्डा गरिएको थियो । संस्थाको उपाध्यक्षमा मिनादेवी रिमाल, सचिवमा झगरीलाल शर्मा, कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!