बैतडीका तीन स्थानिय तहमा चितुवाको त्रास कायमै

Posted on: 31 Dec, 2018

कृष्ण बिष्ट | पुस १६, बैतडी | जिल्लाको तल्लो सोराड क्षेत्रमा चितुवाको त्रास कयामै छ । वि.स. २०६८ साल देखि तल्लो सोराड क्षेत्रमा चितुवाले आतङ्क मच्चाउदै आएको छ । यस अवधिमा तल्लो सोराड क्षेत्रमा २३ जानाको चितुवाको आक्रमण बाट ज्यान गइसकेको छ । शिवनाथ गाउपालिका, पञ्चेश्वर गाउपालिका र मेलौली नगरपालिका चितुवा प्रभावित क्षेत्र हुन । 

यहाका स्थानियहरु अझैपनि चितुवाको त्रासमा बाच्छन । आफुहरु डरैडरले हिडडुल गर्नुपर्ने बाध्यता रहेको यहाका स्थानियहरुले  बताएका छन । कती खेर चितुवाको सिकार हुने हौ था नहुने स्थानिय प्रकास पार्कीको भनाइ छ । 

कतीलाई त चितुवाले घर भित्रै पसेर आक्रमण गर्ने गरेकाले आफुहरु राम्ररी निदाउन नपाउने गरेको त्यहाका स्थानिय हरुले बताएका छन । आमाहरु घास दाउरा गर्न जादा होस, बिद्यँर्थीहरु बिद्यालय आउदा जादा चितुवाको डरै डरले काम गर्ने गरेका छन । चितुवाको आक्रमणबाट गत बुधबार मात्रै एक ४८ वर्षीया महिला हिउकला धनाडी घाइते भएकि छिन ।

 चितुवाले वि. स. २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ भने ५० भन्दा बढीलाई घाइते बनाएको छ ।  चितुवाले सो क्षेत्रमा बढी जसो महिला र बालबालीकामा आक्रमण गर्ने गर्दछ । प्रशासनले धेरैपटक चितुवा मार्नका लागि तल्लो स्वराडमा प्रहरी र वन रक्षकको टोली पठाएको भए पनि फेला पार्न नसकी फर्किने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!