गाडीले किच्दा एक वृद्धको मृत्यु

Posted on: 31 Dec, 2018

पुस १६, मङ्गलबारे | इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ । 

लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताउनुभयो । 

सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा गाडीले किचेको हो । गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!