उदयपुरमा हात्तीको आक्रमणबाट एक वृद्दाको मृत्यु

Posted on: 31 Dec, 2018

पुस १६, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका २ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ । त्रियुगा नगरपालिका–२ लुहाको सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणबाट त्रियुगा नगरपालिका–१२ की ६०–६५ वर्षीया सावित्रा राईको ज्यान गएको हो । 

आइतबार दिउँसो ३ बजे तिर घाँस काट्न जंगल गएकी राईलाई जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो । 

मृतक राईको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!