झापाका दुई भिन्न स्थानमा आगलागी हुँदा रू १४ लाख बराबरको क्षति

Posted on: 01 Jan, 2019

पुस १७, बनियानी | झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा रु १४ लाख बराबरको क्षति भएको छ । 

बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करीब रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । विद्युत् सर्ट भई दर्जीको घरमा आगलागी भएको हो । 

यस्तै कचनकवल गाउँपालिका–४ खुट्टामुनीमा आठ बिघा क्षेत्रफलमा लगाइएको धानको कुन्यूमा सोमबार आगलागी हुँदा रु छ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी जाहित मियाँको दुई बिघामा लगाइएको धानको कुन्यूमा अचानक आगलागी भएको र सोही आगोबाट स्थानीयवासी साकिर मियाँ, सहिदुल मियाँ र जाकिर मियाँले लगाएको ६ बिघा धानको कुन्यूमा आगो सल्किएर धान र पराल जलेर नष्ट भएको छ । दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!