पर्वतमा लागुऔषधसहित एक युवा पक्राउ

Posted on: 01 Jan, 2019

पुस १७, पर्वत | पर्वतको सदरमुकाम कुस्माबाट लागु औषध सहित एक युवा पक्राउ परेका छन ।
पक्राउ पर्नेा कुश्मा नगरपालिका वडा न ६ का २४ बर्षिय विशाल कुमाल रहेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले कुमाललाई पक्राउ गरेको छ ।

निज कुमाललाई नियन्त्रणमा लिई निजको घरकोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १ थान नोफीन, १ एम्पुल फेनेरागन, डाइजेपाप एक एम्पुल र नाइट्रोसन १० ट्याब्लेट भेटिएको छ । प्रहरीले लागुऔषधका बिरुद्ध आक्रामक अभियान चलाइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!