बैतडीमा ११ सय ९४ सवारी साधन कारबाहीमा, ६ लाख राजस्व संकलन

Posted on: 01 Jan, 2019

कृष्ण बिष्ट । पुस १७, बैतडी । बैतडीमा पछिल्लो समयमा ट्राफिक उल्लङ्गनका घटना बढ्दै गएका छन । चालु आर्थीक वर्षको मंसिर १५ गते सम्म जिल्लामा १ हजार १ सय ९४ सवारी साधन कार्वाहिमा परेका छन । यि कार्वाहिमा परेको सवारी साधनबाट ६ लाख ४६ हजार ५ सय राजस्व संकलन गरीएको जिल्ला ट्राफिक कार्यालय बैतडीले जनाएको छ । 

आर्थीक वर्षको पहिलो महिना साउनमा २६७ सवारी साधन कार्वाहिमा परेकोमा १ लाख ५१ हजार ५ सय, भाद्र  महिनामा १९८ सवारी साधन कार्वाहिमा परेकोमा १ लाख १५ हजार ५ सय, असोज महिनामा २३० सवारी साधनहरु कार्वाहिमा परेकोमा १ लाख २२ हजार, यस्तै चालु आर्थीक वर्षको कात्र्तीक महिनामा २०० सय सवारी साधन कार्वाहिमा परेकोमा १ लाख ५ हजार ५ सय राजस्व संकलन गरीएको छ  । 

त्यसैगरी मंसिर महिनामा १ सय ६५ सवारी साधनहरु कार्वाहिमा परेकोमा ९० हजार ५सय र पुस महिनाको १५ गते सम्म १०४ सवारी साधनहरु कार्वाहिमा परेकोमा ६१ हजार ५ सय राजस्व संकलन गरीएको ट्राफिक प्रमुख आकास रावलले जानकारी दिनुभयो । 

ट्राफिक नियम उल्लङ्न गरेकाका कारण उक्त सवारी साधनहरु कार्वाहिमा परेको जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख रावलको भनाइ छ । क्षमता भन्दा बढी यात्रुहरु बोक्ने, लाइसेन्स नबोकी सवारी साधन चलाउने, लगायतका ट्राफिक नियमको उल्ङ्घन गरेकाले यि सवारी साधनहरु कार्वाहिमा परेको उहाले बताउनुभयो ।  

ट्राफिक कार्यालयका अनुसार कार्वाहि पर्नेमा बढि जसो मोटर साइकल चालक र जिप जिप चालक रहने गरेका छन । बिना लाइसेन्स मोटर साइकल चलाउने चालकहरु कार्वाहिमा परेको छन भने क्षमता भन्दा बढि यात्रु जिप हरु रहेका छन । यस्तै अन्य बस ट्रकहरु पनि कार्वाहिमा परेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!