शोक प्रस्ताव पारित

Posted on: 01 Jan, 2019

पुस १७, काठमाडौँ | प्रतिनिधिसभाको आजको दोस्रो बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रीय सदस्य कमलादेवी शर्माको निधनमा शोक प्रस्ताव पारित गर्यो । 

बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको हो । केन्द्रीय सदस्य शर्माको हृदयघातका कारण निधन भएको हो । उहाँ ५६ वर्षको हुनुहुन्थ्यो । 

यसअघि शर्मा विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट समानुपातिकतर्फ निर्वाचित सदस्य तथा पूर्व वन तथा भू–संरक्षण राज्यमन्त्री हुनुहन्थ्यो । प्रतिनिधिसभाको अर्का बैठक पुस १९ गते बिहीबार १२ बजे बस्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!