नुवाकोटमा पहिरोमा परी एकको मृत्यु

Posted on: 01 Jan, 2019

पुस १७, विदुर (रासस) | नुवाकोटमा पहिरामा परी एक बृद्धाको मृत्यु भएको छ ।  

विदुर नगरपालिका– १० गेर्खुस्थित सडकमा साँझमा आएको पहिरामा परी गेर्खुटारकी ७३ वर्षीया प्रेमकुमारी तामाङको मृत्यु भएको हो । 

बाटो हिँड्ने दुई जना आज साँझ पहिरामा परेकामा गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी सोही गाउँकी रामकुमारी तामाङलाई उपचारका लागि काठमाडौं लगिएको नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!