बैतडीमा जीप दुर्घटना

Posted on: 01 Jan, 2019

पुष १७, बैतडी (रासस) | आज मध्याह्न यहाँ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

डोटीको बुडरका ३० वर्षीय कमल सुनारको मुत्यु भएको प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो । पुरचौडीबाट खोडपेतर्फ आउँदै गरेको से १ च १५७२ नम्बरको जीप भूमिराजमा दुर्घटना परेको हो । 

तुसारो परेकाले जीप सडकबाट चिप्लिएर करिब २० मिटर तल खसेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!