भोजपुरमा रुखले किच्दा एकको मृत्यु

Posted on: 02 Jan, 2019

पुस १८, भोजपुर | भोजपुरको षडानन्द नगरपालिका–४ साङराङमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ रुद्राक्षको रुख ढाल्ने क्रममा सोही रुखले किच्दा स्थानीय ५५ वर्षीय दुर्गाबहादुर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रमुख अमतलाल माझीले जानकारी दिनुभयो । आवश्यक प्रक्रिया पूरा गरी शवलाई परीक्षणका लागि सुङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी पठाएको माझीको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!