कृषि तथा पशुपक्षी विकास मन्त्रालय नार्कमा गुरुङ नियुक्त

Posted on: 02 Jan, 2019

पुस १८, काठमान्डौ (रासस) | कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कामु कार्यकारी निर्देशकमा डा टेकबहादुर गुरुङलाई नियुक्त गरेको छ । 

मन्त्रालयले मुख्य वैज्ञानिक (एस ६) गुरुङलाई सो पदमा नियुक्त गरेको हो । उहाँ यसअघि नार्कमा नै पशु तथा मत्स्य निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो । गत महीना डा वैधनाथ महतोले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!