अछाममा रुखबाट खसेर एक महिलाको मृत्यु

Posted on: 02 Jan, 2019

कमल रावल | पौष १८, अछाम | अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ रामारोशनमा रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय भक्त बटालाकी ३१ बर्षीया श्रीमती झुपादेवि बटाला रहेको  र उनको दाउरा काट्ने क्रममा रुखबाट खसेर बुधबार ज्यान गएको उनका आफन्तले बताएका छन । 

रामारोशनको सुनिवनमा रुखबाट दाउरा काट्ने क्रममा रुखबाट खस्दा उनको घटनास्थलमै ज्यान गएको मृतकका देवर टेकराज बटालाले जानकारी दिनुभयो । मृतकका श्रीमान, २ छोरी र २ छोरा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!