फिदिममा नेपथ्य कन्सर्टको तयारी अन्तिम चरणमा

Posted on: 03 Jan, 2019

कमल घिमिरे।पौष१९।पाँचथर, पाँचथरको फिदिममा आगामी माघ २ गते हुन गइरहेको नेपथ्य ब्याण्डको प्रस्तुती रहने साँगितिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । 

 आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको लागी झपा,इलाम,तेह्रथुम,ताप्लेजुङ तथा पाँचथर जिल्लाका स्थानिय बजार र अन्य ठाउँहरुमा पोस्टर,बोर्डहरु,रेडियो,पत्रपत्रिका तथा अनलाइन मिडियाहरु बाट प्रचारप्रसार गरिएको बताइएको छ । आयोजकका अनुसार आजैबाट विभिन्न स्थानमा काउण्टर राखी टिकट बिक्री सुरु गरिएको छ । इलामको माइभ्याली स्पोर्टिङ क्लब र रेड हर्स,ताप्लेजुङको जिल्ला ब्याटमिटन संघ र जिल्ला फुटबल संघ,पाँचथरको सयपत्री क्लब कुम्मायक,स्वतन्त्र क्लब रानिटार,राइजिङ स्टार क्लब मिक्लाजुङ रवी,फिदिम बजारको बुद्ध मार्ग,मेन रोड तथा विभिन्न ठाउँमा टिकट काउण्टर राखिएको आयोजकले जानकारी दिएको छ । 

 पर्यटन प्रर्वद्धन पाँचथरको शान,कला  संस्कृतिको संरक्षणमा हाम्रो अभियान भन्ने नाराका साथ नेपालको संस्कृति कलाको संरक्षण सम्र्वद्धन गर्ने उद्धेश्यले नेपालको चर्चित ब्यान्ड नेपथ्यको साथमा कार्यक्रम हुने भएको हो।

  पर्यटन प्रर्वद्धन,मुटु,मृगौला क्यान्सर रोगी,जेष्ठ नागरिक र फरक क्षमता भएका ब्यक्तिहरुलाई सहयोगार्थ साँगतिक कार्यक्रमको आयोजना गरिएको मुख्य आयोजक सुम्हात्लुङ युथ क्लवका अध्यक्ष दिपेन्द्र योक्पाङदेनले बताउनुभयो ।

बृहत साँस्कृतिक कार्यक्रममा प्रवेशद्धारमा टिकट वितरण नगरिने,टिकट दर ५ सय रुपैया राखिएको र ५ वर्षभन्दा मुनिका बालवालिकालाई कार्यक्रममा प्रवेश गर्न निषेध गरिएको आयोजकले जनाएको छ । बेलुका ६ देखि सुरु भइ ८ बजे सम्ममा  कार्यक्रम सकिने आयोजकले जनाएको छ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!