झापामा सवारी दुर्घटनामा परि दुईको मृत्यु

Posted on: 03 Jan, 2019

पुस १९, दमक | मोटरसाइकल र बुलेरो जिप एकआपसमा जुध्दा झापामा आज दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ताप्लेजुङ फूङ्गलिङ नगरपालिका–१० का २५ वर्षीय सविन लिम्बू र २८ वर्षीय सञ्जीव लिम्बू छन् । दुवै जना मोटरसाइकलमा सवार भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित माइधार सडकखण्डमा आज दिउँसो ३ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १३ च नम्बरको बुलेरो जिप र पश्चिमबाट पूर्व जाँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकल एकआपसमा जुधेर दुर्घटना भएको थियो । 

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवैजनाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!