नवलपरासीमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या, जङ्गलमा भेटियो शव

Posted on: 04 Jan, 2019

पुस २० परासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमान्ले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् । 

उनका श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उनको पुस १७ गते जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जङ्गलमा उनको शव फेला पारेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान् सुनिलले हत्या गरेको रहस्य खुलेको हो । 

सुनिललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ भने उनलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!