सतुङ्गलमा हिजो साँझदेखि लागेको आगो आज बिहान ४ बजे निभाइयो

Posted on: 04 Jan, 2019

पुस २०, काठमाडौं | चन्द्रागिरि नगरपालिका–१६, सतुङ्गलमा बिहीबार साँझ ७ बजेदेखि लागेको आगो आज बिहान ४ बजे निभाइएको छ । नेपाली, सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको हो । 

दीपक कपास उद्योगबाट सुरु भएको आगो नजिकैकै आनन्द ट्रेड कन्सर्नमा पनि सल्किएपछि त्यहाँ भएको रसायनका कारण आगोले ठूलो रूप लिएको थियो । 

थानकोट महानगरीय प्रहरी वृत्तका प्रमुख कुमारविक्रम थापाले आगलागीबाट मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाका दमकलका साथै खानेपानीका ट्याङ्करसमेत आगो निभाउनका लागि प्रयोग गरिएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!