नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारमाथि कालोमोसो दलियो

Posted on: 04 Jan, 2019

पुस २०, काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई नेकपा क्रान्तिकारी माओवादी युवा संगठन, क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै गएर कालोमोसाे दलेका छन् ।


मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै पुगेर कंसाकारलाई कालोमोसो दलेको हो । वाइडबडी खरिद प्रकरणको विषयलाई लिएर क्रान्तिकारी युवा लिगका युवाहरुले कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।

वाइडबडी खरिद प्रकरणमा महाप्रबन्धक कंसाकारसहित सातजनालाई कारबाही गर्न लेखा समितिले प्रतिवेदन नै निकालेको थियो । वाइडबडी विमान खरिदमा भएको भनिएको ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचारमा कंसाकार मुख्य भूमिकामा रहेको भन्दै युवा लिगले कालोमोसो दलेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!